विपी कोइरालाको ४४औँ स्मृति दिवस आज मुलुकभर मनाइँदै - Chaitanya News
  • 2026-07-22
  • 11:31:32
  • बुधबार,साउन ०६, २०८३
  • विपी कोइरालाको ४४औँ स्मृति दिवस आज मुलुकभर मनाइँदै

    विपी कोइरालाको ४४औँ स्मृति दिवस आज मुलुकभर मनाइँदै

    काठमाडौँ– प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४४ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

    नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो।

    प्रधानमन्त्री कार्यकालमा भूमिसुधार र आर्थिक विकासका नीति अघि सारेका उनलाई २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी बन्दी बनाएका थिए। लामो जेल जीवन र निर्वासनपछि २०३३ सालमा उनले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलापको नीति’ नेपाली राजनीतिमा ऐतिहासिक मानिन्छ।

    राजनीतिक जीवनका साथै नेपाली साहित्यमा पनि उनको योगदान महत्त्वपूर्ण छ। उनका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदीआइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यासहरू नेपाली साहित्यका कालजयी कृति मानिन्छन्।

    उनै बिपीको स्मृति दिवसमा नेपाली काँग्रेसले जलवायु परिवर्तन सम्बन्धी विशेष सचेतना कार्यक्रम आयोजना गरेको छ।