काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्।
आज (मंगलबार) सामाजिक सञ्जालमार्फत उक्त निर्णयको स्वागत गर्दै आफूहरूले सुरुबाटै प्रश्न उठाउँदै आएको स्मरण पनि गरेका छन्।
सँगै सरकारलाई बिजुलीमा लगाएको भ्याट जस्ता अन्य अव्यवहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन उनले आग्रह गरेका छन्।
‘साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस्,’ उनले भनेका छन्।
शिक्षा र स्वास्थ्य क्षेत्रमा फिर्ता गर्ने निर्णयलाई कार्यान्वयनमा लैजानका लागि आवश्यक प्रक्रिया पूरा गर्न पनि उनले भनेका छन्।