‘राष्ट्र बैंकको कारबाहीपश्चात भविष्यमा योग्य हुने वा नहुने भन्ने विषय ऐनमा नै प्रष्ट गर्नुपर्छ’ : कार्यकारी निर्देशक रावल - Chaitanya News
  • 2026-07-20
  • 02:50:16
  • आइतबार,साउन ०३, २०८३
  • ‘राष्ट्र बैंकको कारबाहीपश्चात भविष्यमा योग्य हुने वा नहुने भन्ने विषय ऐनमा नै प्रष्ट गर्नुपर्छ’ : कार्यकारी निर्देशक रावल

    ‘राष्ट्र बैंकको कारबाहीपश्चात भविष्यमा योग्य हुने वा नहुने भन्ने विषय ऐनमा नै प्रष्ट गर्नुपर्छ’ : कार्यकारी निर्देशक रावल

    काठमाडौँ– आज (आइतबार) प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले राष्ट्र बैंकको कारबाही पश्चात पदमुक्त भएकाहरू भविष्यमा योग्य हुने वा नहुने भन्ने विषय ऐनमा नै प्रष्ट पार्नुपर्ने बताएका छन्।

    यस्तै, उनले राष्ट्र बैकको कारबाहीमा परेर पदमुक्त भएपछि भविष्यमा योग्य हुने वा नहुने विषय भने ऐनमै स्पष्ट रूपमा उल्लेख गर्न आवश्यक रहेको बताए। उनले प्रस्तावित विधेयकको दफा १०० मा रहेको सचेत गराउने र अयोग्य ठहरिने व्यवस्थामा अन्यौलता देखिएको उल्लेख गर्दै उनले सचेत गराउने कारबाही र पदमुक्ति वा अयोग्यताको व्यवस्थाबीच स्पष्टता आवश्यक रहेको बताए।

    उनकाअनुसार विगतमा सचेत गराउने व्यवस्था पदमुक्तिका लागि प्रयोग नगरिएको उल्लेख गरे। उनले गम्भीर कारबाहीमा सफाइको मौका दिने गरिएको तर सचेत गराउने प्रक्रियामा स्पष्टीकरण सोध्न नगरिएको जानकारी दिए। बैठकमा सहभागी बैंकर्सहरुले कारबाही सम्बन्धी प्रस्तावित व्यवस्थाप्रति असन्तुष्टि जनाएका थिए।

    उनले सहकारी नियमनको विषयमा हाल राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भएर काम अघि बढाइसकेको बताए।