फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी समस्या - Chaitanya News
  • 2026-07-20
  • 01:19:05
  • आइतबार,साउन ०३, २०८३
  • फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी समस्या

    फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी समस्या

    काठमाडौँ–मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम विश्वव्यापी रूपमा अवरुद्ध भएका छन्। समाचार संस्था न्युजविकका अनुसार अमेरिकी समयअनुसार बिहान ३ः२५ बजेदेखि सुरु भएको यो समस्याले केही घण्टामै विश्वभरका लाखौँ प्रयोगकर्तालाई प्रभावित बनाएको छ।

    नेपालमा समेत आइतबार दिउँसो साढे १ देखि कैयन प्रयोगकर्ताले फेसबुक नखुलेको बताएका छन्। डेस्कटपबाट फेसबुक लगइन गर्दा खुलेको छैन भने कतिपयले एपबाट भने खुलेको बताएका छन्।

    सुरुमा अमेरिकाबाट रिपोर्ट गरिएको यो समस्या केही समयमै विश्वभर फैलियो। अनलाइन सेवाहरूको अवस्था निगरानी गर्ने डाउनडिटेक्टरका अनुसार हजारौं प्रयोगकर्ताले एकैसाथ गुनासो दर्ता गरेका छन्।