शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-07-17
  • 10:28:55
  • शुक्रबार,साउन ०१, २०८३
  • शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान

    शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान

    काठमाडौँ– शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।

    आज (शुक्रबार) आयोगले एक सूचना मार्फत एक जना अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्य पदमा दरखास्त आह्वान गरेको जनाएको छ ।

    इच्छुक नेपाली नागरिकहरूले तोकिएको प्रक्रिया पुर्‍याइ आजदेखि साउन १५ गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन सक्ने छन्।

    ​उम्मेदवारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम तथा दरखास्तका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू लगायतका विवरणहरू शिक्षा तथा खेलकुद मन्त्रालय र आयोगको वेबसाइटमा उपलब्ध गराइएको छ।