असार सकिँदासम्म पनि धान रोपाइँ अपूरो, अधिकांश प्रदेशमा गत वर्षभन्दा सुस्त प्रगति - Chaitanya News
  • 2026-07-16
  • 18:03:58
  • बिहिबार,आषाढ ३२, २०८३
  • असार सकिँदासम्म पनि धान रोपाइँ अपूरो, अधिकांश प्रदेशमा गत वर्षभन्दा सुस्त प्रगति

    असार सकिँदासम्म पनि धान रोपाइँ अपूरो, अधिकांश प्रदेशमा गत वर्षभन्दा सुस्त प्रगति

    काठमाडौँ– चालु आर्थिक वर्ष २०८३ को असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत मात्रै सम्पन्न भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ३६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये ८ लाख २४ हजार ६८ हेक्टरमा मात्र रोपाइँ सकिएको छ।

    यस वर्षको प्रगति गत वर्षको तुलनामा अधिकांश प्रदेशमा सुस्त देखिएको छ। मधेश प्रदेशमा भने गत वर्षको तुलनामा सुधार देखिए पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाइँको गति कमजोर रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।

    प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै ८७.८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने गण्डकीमा ६५.९, कर्णालीमा ६०.२, लुम्बिनीमा ५९.६, मधेशमा ५७.९, बागमतीमा ५७.१ र कोशीमा ५४.९ प्रतिशत रोपाइँ भएको छ।

    गत वर्ष यही अवधिमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा यस वर्षको भन्दा उल्लेखनीय रूपमा बढी रोपाइँ सम्पन्न भएको थियो। मधेश प्रदेश भने ४६.८३ प्रतिशतबाट बढेर ५७.९ प्रतिशतमा पुगेको छ।

    मन्त्रालयका अनुसार गत वर्ष श्रावण ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष असार मसान्तसम्मको अवस्था हेर्दा धान रोपाइँको समग्र गति अझै अपेक्षाकृत सुस्त रहेको देखिएको छ।