मिडियामा गाडी तेर्स्याउने घटनामा प्रहरीसमेत संलग्न रहेको महासंघकी अध्यक्ष शर्माको दाबी - Chaitanya News
  • 2026-07-15
  • 14:05:14
  • बुधबार,आषाढ ३१, २०८३
  • मिडियामा गाडी तेर्स्याउने घटनामा प्रहरीसमेत संलग्न रहेको महासंघकी अध्यक्ष शर्माको दाबी

    मिडियामा गाडी तेर्स्याउने घटनामा प्रहरीसमेत संलग्न रहेको महासंघकी अध्यक्ष शर्माको दाबी

    काठमाडौँ– नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियाका कार्यालयअगाडि गाडी तेर्स्याउने काममा प्रहरीसमेत जोडिएको दाबी गरेकी छिन्। आज (बुधबार) अध्यक्ष शर्माले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै शंकास्पद रूपमा मिडिया अवरोध गर्ने गरी पार्किङ गरिएका गाडीको कुनै पनि अनुसन्धान बिना फिर्ता गरिएको भन्दै गम्भीर आपत्ति जनाएका हुन्।

    ‘शंकास्पद रूपमा मिडिया अवरोध गर्ने गरी पार्किङ गरिएका गाडीको कुनै पनि अनुसन्धानबिना दोषी प्रमाण फिर्ता गर्नुले यो विषयमा प्रहरीसमेत जोडिन पुगेको छ’, शर्माले सामाजिक सञ्जालमा लेखेकी छन्।

    साथै, उनले यस घटनाको अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने बताएकी छन्।