दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा - Chaitanya News
  • 2026-07-14
  • 16:57:40
  • मंगलबार,आषाढ ३०, २०८३
  • दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा

    दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा

    काठमाडौँ– प्रतिनिधि सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

    आज (मंगलवार) को प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। मन्त्री गौतमले सुरुमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरेकी थिइन्।

    सभामुखले उक्त प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्दा सदनले सर्वसम्मतिले स्वीकृत गरेको हो। त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले नै ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने अर्को प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव पनि बैठकले सर्वसम्मतिले पारित गरेको छ।