‘अदालतमा विचाराधीन रहेका मुद्दामा गम्भीर अध्ययनबिना अभिव्यक्ति दिनु अनुपयुक्त’ : खुश्बु ओली - Chaitanya News
  • 2026-07-14
  • 14:18:02
  • मंगलबार,आषाढ ३०, २०८३
  • ‘अदालतमा विचाराधीन रहेका मुद्दामा गम्भीर अध्ययनबिना अभिव्यक्ति दिनु अनुपयुक्त’ : खुश्बु ओली

    ‘अदालतमा विचाराधीन रहेका मुद्दामा गम्भीर अध्ययनबिना अभिव्यक्ति दिनु अनुपयुक्त’ : खुश्बु ओली

    काठमाडौँ– आज (मंगलवार) बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अदालतमा विचाराधीन रहेका विषयहरूमा पर्याप्त अध्ययन र तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छन्।

    प्रमुख सचेतक ओलीले प्राप्त तथ्य र व्यक्तिगत अध्ययनका क्रममा भेटिएका विवरणहरूबीच ठुलो भिन्नता देखिएको उल्लेख गरिन्।

    उनले अपूर्ण र तथ्यहीन कागजातका आधारमा जिम्मेवार पदमा बसेका व्यक्तिहरूले छलफल गर्नु वा अभिव्यक्ति दिनु न्यायोचित नहुने तर्क गरिन्।

    उनले यस्ता संवेदनशील विषयमा स्वविवेक प्रयोग गर्नुपर्नेमा जोड दिँदै मिडियामा आउने ‘बाइट’ हरूले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने प्रति सचेत रहन आग्रह गरिन्।