काठमाडौँ– आज (मंगलबार) बिहान ११ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज बस्ने बैठकमा विभिन्न प्रतिवेदनहरू पेस गर्ने र विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गर्नेछिन्। यसका साथै उनले लोक सेवा आयोगको ६६ औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) समेत बैठकमा पेस गर्ने कार्यसूची तय भएको छ।
यसैगरी, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। अनुमति पाएपछि उनले सोही विधेयक बैठकमा प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जनाएको छ।
![]()