अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम भने समाप्त भएको ट्रम्पको घोषणा - Chaitanya News
  • 2026-08-26
  • 20:13:21
  • बुधबार,भाद्र १०, २०८३
  • अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम भने समाप्त भएको ट्रम्पको घोषणा

    अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम भने समाप्त भएको ट्रम्पको घोषणा

    काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन्।

    उनले तेहरानसँगको युद्ध विराम भने अब समाप्त भएको स्पष्ट पारे। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले सो कुराको जानकारी दिनुभएको हो। यसैबीच, तनाव कम गर्ने र अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले कतारी मध्यस्थकर्ताहरू इरान पुगेका छन्।

    ट्रम्प प्रशासनसँगको आवश्यक समन्वयपछि कतारी टोली त्यसतर्फ लागेको सीएनएनले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ। अमेरिकी समाचार संस्था एक्जियसकाअनुसार दुई देशबीचको अर्को चरणको वार्ता आगामी हप्ता हुन सक्ने सम्भावना छ। यस वार्ताका लागि स्विट्जरल्याण्डलाई सम्भावित स्थलको रूपमा हेरिएको छ।