प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-07-10
  • 12:26:14
  • शुक्रबार,आषाढ २६, २०८३
  • प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (शुक्रबार) दिउँसो १ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।

    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन(को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१–०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१–०८२ र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१–०८२ पेस गर्ने कार्यसूची छ।

    यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि सम्बन्धी सदनमा छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासम्धीमाथि सामान्य छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।