राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित - Chaitanya News
  • 2026-07-09
  • 19:25:12
  • बिहिबार,आषाढ २५, २०८३
  • राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित

    राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित

    काठमाडौं– राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित भएका छन् ।

    सभाध्यक्ष नारायाण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गरेको हो।

    उनले सभामै भनेका छन्, ‘आज राष्ट्रिय सभाले गर्वका साथ भन्न सक्छ कि, चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरि समितिको प्रतिवेदनसहित र दुई वटा आश्रित विधेयक विधेयक सभामै छलफल गरि एकै दन पारित गरि प्रतिनिधिसभमामा पठाउन सफल भएका छौं।’

    सभाध्यक्ष दाहालले भने जस्तै सभाले चार वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्‍यो।