असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने - Chaitanya News
  • 2026-07-08
  • 12:52:52
  • बुधबार,आषाढ २४, २०८३
  • असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने

    असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने

    काठमाडौँ– राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा लैजाने तयारी गरेसँगै आगामी दुई दिन नियमित सेवाहरू बन्द रहने भए पनि अन्य सेवाहरू सुचारु राख्ने बताएको छ। विभागले बुधवार सूचना जारी गर्दै असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित हुने र विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सुचारु हुने जानकारी दिएको हो।

    विभागका अनुसार, आगामी असार २९ गतेदेखि हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारी भइरहेको छ। सोही प्रणाली स्तरोन्नतिको कामलाई मध्यनजर गर्दै असार २५ र २६ गते सेवाहरू बन्द गरिन लागिएको विभागले जनाएको छ।

    विभागले सूचनामा आफ्नो मोबाइलमा राहदानी सङ्कलनका लागि जानकारीमूलक सन्देश प्राप्त गरिसकेका सेवाग्राहीहरूलाई सो अवधिमा विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन अनुरोध गरेको छ।

    नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री हुने विभागले जनाएको छ। विभागले यसअघि नै असार १९ गते सूचना जारी गरी सेवा अवरुद्ध हुनेबारे जानकारी गराइसकेको थियो।