1. लोक सेवा आयोगहरुको छैटों राष्ट्रिय सम्मेलन,२०८२ कहाँ सम्पन्न भयो ?
A. काभ्रे, धुलिखेल B. विरेन्द्रनगर, सुर्खेत C. धनगढी, कैलाली D. पोखरा, कास्की
2. समूह I र समूह I बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् ।
समूह I समूह II
a. परमचव्रकाम 1. अंशुवर्मा
b. परमभट्टारक 2. शिवदेव प्रथम
c. पशुपतिपाददानुगृहित 3. नरेन्द्रदेव
d. लिच्छवि कुल केतु 4. जयदेव द्धितीय
A) a4,b3,c1,d2 B) a1,b2,c3,d4
C) a4,b3,c2,d1 D) a2,b3,c1,d4
3.निम्न मध्ये कुन भुपरिवेष्ठित देश होईन् ?
A. लाओस B. कम्बोडिया C. भुटान D. अफगानिस्तान
4. क्षेत्रफलका हिसाबले ठूलो देखि सानो क्रममा उल्लेखित महादेशहरुमा कुन क्रम ठिक छ ?
A. उत्तर अमेरिका, एशिया, दक्षिण अमेरिका, अफ्रिका
B. एशिया, दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिका
C. एशिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका
D. एशिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका
5. दिइएका भनाई मध्ये कुन चाँहि सहि छ पत्ता लगाउनुहोस् ।
A. बिरालो, सर्प, भ्यागुता, व्वासो प्राथमिक उपभोक्ता हुन् ।
B. माटोमा हुने स्वतन्त्र जिवाणुलाई नाईट्रेड ब्याक्टोरिया भनिन्छ ।
C. अक्सिजन, नाईट्रोजन, कार्बन र विभिन्न लवणहरु वनस्पति र जनावर हुँदै पूनः वातावरणमा नै फर्कने क्रियालाई भू – रासायनिक चक्र भनिन्छ ।
D. हावा, सौर्य उर्जा, माटो, पानी आदि जैविक तत्वहरु हुन् ।
6. जोडा मिलाई उपयुक्त विकल्प छान्नुहोस् ।
क. नेपाली भाषाको प्रथम चलचित्र १. कुमारी
ख. प्रथम नेपाली चलचित्र २. राँको
ग. प्रथम नेपाली रंगिन चलचित्र ३. आमा
घ. प्रथम नेपाली सिनेमास्कोप चलचित्र ४. हरिशचन्द्र
A. क४, ख३, ग२, घ१ B. क४, ख३, ग१, घ२
C. क३, ख४, ग१, घ२ D. क१, ख३, ग४, घ२
7. Bill of Right (1689) कुन क्रान्ति सँग सम्बन्धित रहेको छ ?
A. गौरवमय क्रान्ति B. म्याग्नाकार्टा
C. फ्रान्सेली राज्य क्रान्ति D. औद्योगिक क्रान्ति
8. ३३०१ देखि ५००० मिटर सम्मको उचाईमा कस्तो प्रकारको हापापानी पाईन्छ ?
A. न्यानो समशितोष्ण हावापानी B. उष्ण मनसुनी हावापानी
C. ठण्डा समशितोष्ण हावापानी D. लेकाली हावापानी
9.तल समूह क र समूह ख बाट सही उत्तरको जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह क समूह ख
a.ग्यालिलियो 1. हेलिकप्टर
b.अल्फेड वर्नाड नोबेल 2. दूरविन
c.ब्रेक्वेट 3.परमाणु वमको सिद्धान्त
d. अटो हान 4. डाइनामाइट
A. A.2, B.4, C.1, D.3 B. A.3, B.4, C.1, D.2
C. A.3, B.2, C.4, D.1 D. A.2, B.4, C.3, D.1
10. निम्न मध्ये कुन जोडा गलत छ ?
A.सुकेनाश – कार्बोहाईडेट B.फुकेनास – प्रोटिन
C.बेरीबेरी- भिटामिन “सि” D. रिगेट्स – भिटामिन “डि”
11.श्याम परिक्षामा उतिर्ण व्यक्तिहरुमध्ये माथिबाट 29 औँ स्थानमा र तलबाट 16 औँ स्थानमा रहेको छ । यदि 8 जना विद्यार्थी सहभागी भएनन र 6 जना विद्यार्थि अनुतिर्ण भए भने जम्मा विद्यार्थी संख्या कति होला ?
A. 45 B. 51 C. 58 D. 59
12.30 जना व्यक्तिको औसत आयु 25 बर्ष छ । 18 बर्ष औसत आयु भएका 5 व्यक्ति थप गर्दा सबैको औसत आयु कति हुन्?
A.20 बर्ष B. 22 बर्ष C. 24 बर्ष D.24.5 बर्ष
13.A एकलैले कुनै काम 21 दिनमा गर्न सक्दछ । B, A भन्दा 40% बढी काम गर्ने क्षमता भएको ब्यक्ति हो भने सो काम कति दिनमा पूरा हुने छ ?
A. 10 days B. 12 days C. 15 days D. 18 days
14.एक जनाले आफूसंग भएको स्याउको आधा र एउटा पहिलो ग्राहकलाई बेच्यो । फेरी बाँकीको एक तिहाई र एउटा दोश्रो ग्राहकलाई बेच्यो र पूनः बाँकीको भाग र 1 वटा बेच्दा 3 वटा स्याउ बाँकी हन्छ भने शुरुमा ऊ संग कति स्याउ थिए ?
A. 20 B. 18 C. 15 D. 25
15.जम्मा सिक्का 324 वटा छन् । 20 पैसा र 25 पैसाका जम्मा रु. 71 हुन्छ भने 25 पैसाका सिक्का कति वटा छन् ?
A. 120 B. 124 C. 144 D. 200
16.तीन ब्यक्ति एक साथ हिंड्न शुरु गर्दछन् र तिनीहरुको पाइलाको नाप क्रमशः 40 cm, 45 cm र 48 cm छ । प्रत्येक ब्यक्तिहरुले पूर्ण पाइलामा समान दुरी पार गर्न न्युनतम कति दुरी हिंड्नु पर्छ ?
A. 720 m B. 7 m 20 cm C. 720 mm D. 1440 m
17.हरीले आफुसंग भएको पैसाको 40% मेसीनरी, 25% भवन, 15% कच्चा पदार्थ र 5% फर्निचरमा खर्च गरेपछि रु 1305 बाँकी रहन्छ भने उ संग सुरुमा जम्मा कति पैसा थियो ?
A. Rs. 6500 B. Rs. 7225 C. Rs. 8700 D. Rs. 1390
18.एक व्यक्तिले रू 3 का दरले केही केराहरू बेच्दा रू 20 नोक्सान हुन्छ र सोही केरा रू 3.25 का दरले बेच्दा उसलाइ रू 30 नाफा हुन्छ भने उसले जम्मा कतीवटा केरा बेच्यो होला ? पत्ता लगाउनुहोस् ।
A. 100 B. 200 C. 120 D. 2400
19.? % को 10.8 =32.4
A. 3 B. 30 C. 300 D. 0.3
20.95 जना विद्यार्थी भएको एउटा कक्षामा केटीहरूके जम्मा संख्या 45 छ भने उक्त कक्षामा रहेका केटा र केटीको संख्याको अनुपात कती हुन्छ ?
A. 9:10 B. 7:8 C. 10:9 D. 9:11
उत्तरः
1. D 11. C
2. A 12. C
3. B 13. C
4. C 14. A
5. C 15. B
6. B 16. B
7. A 17. C
8. D 18. B
9. A 19. C
10. C 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100