राष्ट्रिय सभा बैठक बस्दै, बजेटबारे ९ जना मन्त्रीले जवाफ दिने - Chaitanya News
  • 2026-07-06
  • 12:45:01
  • सोमबार,आषाढ २२, २०८३
  • राष्ट्रिय सभा बैठक बस्दै, बजेटबारे ९ जना मन्त्रीले जवाफ दिने

    राष्ट्रिय सभा बैठक बस्दै, बजेटबारे ९ जना मन्त्रीले जवाफ दिने

    काठमाडौँ– आज (सोमबार) दिउँसो सवा १२ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। आजको बैठकमा बजेटमाथिको प्रश्नमा ९ जना मन्त्रीले जवाफ दिने संघीय संसद् सचिवालयले जनाएको छ।

    विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये ९ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।

    युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ।

    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको प्रश्नको पनि आजै जवाफ प्रस्तुत हुनेछ।