1.कुन समुद्रको सिमानाले तीन वटा महादेशलाई छुन्छ ?
A.लाल सागर B.भुमध्य सागर C. क्यास्पियन सागर D. क्यारेबियन सागर
2.प्रथम विश्वयुद्धमा नेपाल कुन राष्ट्रको तर्फबाट लडेको थियो ?
A. जापान B. बेलायत C. फ्रान्स D. जर्मनी
3. ओलम्पिक खेलको सम्बन्धमा तल दिईएको भनाई बारे विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
१) हालसम्म ३३ पटक ओलम्पिक खेलको आयोजना भएको छ ।
२) ३३ औ ग्रीष्मकालीन ओलम्पिक फ्रान्सको पेरिसमा सम्पन्न भएको थियो ।
३) ३४ औ संस्करण अमेरिकामा आयोजना हुने भएको छ ।
A. १ र २ सहि B. २ र ३ सहि C. सबै गलत D. सबै सहि
4. भारत र चिन दुवैलाई छुने गाउँपालिका कुन कुन हुन् ?
A. व्यास र चुनुनुब्री B. व्यास र फताङलुङ C. चुनुनुब्री र फताङलुङ D. हतुवागढी र व्यास
5. देहायका मध्ये कुन भनाई सही छ् ?
१. थार मरुभूमि भारतमा पर्दछ ।
२. विश्वमा सबैभन्दा धेरै ज्वालामुखी भएको देश ईण्डोनेसिया हो ।
३. गोवी मरुभूमि एशियाको सबैभन्दा ठूलो चिसो मरुभूमि हो ।
A. १ र २ मात्र सही B. १ र ३ मात्र सही C. सबै सही D. ३ मात्र सही
6. विश्व पर्यटन दिवस,२०२५ सेप्टेम्बर २७ को नारा के थियो ?
A) Tourism For inclusive Growth
B) Tourist and Rural Development
C) Tourism and job
D) Tourism and Sustainable Transformation
7. तल दिइएका मध्ये (OPEC)ओपेकको सदस्य राष्ट्रहरुको कुन क्रम सहि छ ?
A. अल्जेरिया, गाबोन, ईरान, कुबेत र लिबिया B. अल्जेरिया, गाबोन, ईरान, चिन र लिबिया
C. अल्जेरिया, गाबोन, ईरान, कुबेत र जर्जिया D. ब्राजिल, गाबोन, ईरान, कुबेत र लिबिया
8. महासागर र विशेषताहरु बिच जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. प्रशान्त 1. वर्षैभरि हिउँले ढाकेको महादेश
b. आन्ध्र 2. अन्तर्राष्ट्रिय तिथीरेखाले काटर जाने महासागर
c. हिन्द 3. उत्तरी धुव्र देखि दक्षिण धु्रव सम्म फैलिएको महासागर
d. कुमेरु 4. माडागास्कर
A) a2,b1,c3,d4 B) a2,b1,c4,d3
C) a1,b2,c3,d4 D) a2,b3,c4,d1
9. पहिलो पटक देवनागरी लिपिमा नेपाली भाषालाई राष्ट्र भाषाको मान्यता प्रदान गरेको संविधान कुन हो ?
A. नेपाल सरकार वैधानिक कानून, २००४ B. नेपाल अन्तरिम शासन विधान, २००७
C. नेपाल अधिराज्यको संविधान, २०१५ D. नेपालको संविधान, २०१९
10. तलकामध्य कुन कथन गलत रहेको छ?
A) लिच्छवी कुलतिलक भनेर शिवदेव प्रथमलाई चिनिन्छ।
B) लिच्छवीकालमा रङ्गमा लगाइने करलाई रङ्गी कर भनिन्थ्यो।
C) गोरखाकाराजा रामशाहसंग “एकानी शत्रु एकानी मित्र सम्बन्ध“ कायम गर्ने राजा सिद्धिनरसिंह मल्ल हुन्।
D) वि.सं. १६१० मा भृङ्गी सेनले तनहुँ राज्यको स्थापना गरेका थिए।
11.हरि अगाडिबाट २३ औं र पछाडीबाट २५ औं स्थानमा पर्दछ । यदि त्यहा“ ३८ जना अनुपस्थित थिए र अनुपस्थित मध्ये १० जना त्यहि नजिकभएर पनि उपस्थित थिएनन् भने जम्मा कुल ब्यक्ति संख्या कति होला?
A. ९५ जना B. ८५ जना C. ९६ जना D. ८६ जना
12.8 जना ब्यक्तिहरुको औषत उमेर 65 के.जी.को छ । 1 जना ब्यक्ति नया ब्यक्ति लिंदा 1.5 ले वृद्धि हुन्छ भने उक्त नया ब्यक्तिको तौल कति हुन्छ?
A. 67 Kg. B. 72 Kg. C. 77 Kg. D. 82 K
13.६० जनाको कक्षामा केटा भन्दा केटी दोब्बर छन् । यदि माथिबाट १७ औं स्थानमा छ र उ अगाडी ९ जना केटी छन् भने उ भन्दा पछाडी कति केटा होलान ?
A. ३ B. ७ C. १२ D. २३
14.एउटा पसलेले २० रुपैँया प्रति केजी किनेको २५ केजी चामललाई ३० रुपैया प्रतिकेजीमा किनेको ४० केजी चामलमा मिसायो र रुपैया प्रति केजीमा सबै चामल बेच्यो भने उसले कति प्रतिशत नाफा प्राप्त ग¥यो ?
A. ४ % B. ५ % C. ७ % D. ९ %
15.जम्मा 60 जना विदार्थी भएको एउटा लाइनमा छात्राहरुको संख्या छात्रहरुको भन्दा दुइ गुणा छ । उक्त लाइनमा राम बायाँबाट 17 औं स्थानमा र उ भन्दा अगाडी 9 जना छात्राहरु छन् भने राम भन्दा पछाडी जम्मा कतिजना छात्रहरु होलानन्?
A. 7 B. 12 C. 13 D. 24
16.A लाई कुनै काम गर्न B लाइ भन्दा दोब्बर र C लाई भन्दा तेब्बर समय लाग्छ । तीनै जना मिलेर सो काम 2 दिनमा सकिन्छ भने B एक्लैले उक्त काम कति दिनमा सक्छ?
A. 4 B. 6 C. 8 D. 12
17.A लाई लाइनमा अगाडिबाट 10 औं र B पछाडिबाट 30 औं स्थानमा पर्दछ यदि दिपेश ती दुईको ठिक विचमा छ यदि लाइनमा जम्मा 51 जना भए दिपेश अगाडिबाट कति औं स्थानमा पर्ला?
A. 14 B. 15 C. 16 D. 17
18.कुनै दुईवटा संख्यालाई 10% र 50% ले वृद्धि गर्ने हो भने नयाँ अनुपात कति हुन्छ?
A. 4:5 B. 3:4 C. 2:5 D. 2:3
19.हरीले आफुसंग भएको पैसाको 40% मेसीनरी, 25% भवन, 15% कच्चा पदार्थ र 5% फर्निचरमा खर्च गरेपछि रु 1305 बाँकी रहन्छ भने उ संग सुरुमा जम्मा कति पैसा थियो ?
A. Rs. 6500 B. Rs. 7225 C. Rs. 8700 D. Rs. 1390
20.एक व्यक्तिले रू 3 का दरले केही केराहरू बेच्दा रू 20 नोक्सान हुन्छ र सोही केरा रू 3.25 का दरले बेच्दा उसलाइ रू. 30 नाफा हुन्छ भने उसले जम्मा कतीवटा केरा बेच्यो होला ? पत्ता लगाउनुहोस् ।
A. 100 B. 200 C. 120 D. 2400
उत्तरः
1. B 11. B
2. B 12. C
3. D 13. C
4. B 14. C
5. C 15. B
6. D 16. A
7. A 17. A
8. D 18. A
9. C 19. C
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100