काठमाडौँ– आज (आइतबार) दुई संसदीय समितिको बैठक बस्दै छन्।
जसअनुसार, बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ। बैठकमा आ.व.२०८३–८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची छ।
यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ। समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल हुने बताइएको छ।