काठमाडौं– फिफा विश्वकप २०२६ को अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुमै गोल गरेको छ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भइरहेको खेलमा दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै स्विस टोलीको अग्रता दोब्बर पारेका हुन्।
नटिङहम फरेस्टबाट खेल्ने विंगरले दवस्रो हाफ सुरु भएको ४८ सेकेण्डमै गोल गरेका हुन्।
त्यसअघि पहिलो हाफमा ब्रिल एम्बोलोले दशौँ मिनेटमा गोल गर्दै स्विटरज्लयान्डलाई अग्रता दिलाएका थिए। जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन्।