उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को भए पास ? (नतिजासहित) - Chaitanya News
  • 2026-07-03
  • 10:19:33
  • शुक्रबार,आषाढ १९, २०८३
  • उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को भए पास ? (नतिजासहित)

    उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को भए पास ? (नतिजासहित)

    काठमाडौँ– उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    हिजो (बिहीवार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले एक सूचनामार्फत उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६६९–०८२–८३ र विज्ञापन नं १६६७०–०८२–८३ (आ.प्र.), प्रशासन सेवा, राजस्व समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६७१–०८२–८३ (आ.प्र.), लेखापरीक्षण (निर्देशक) सेवा, रा।प।द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको छ।