आज राष्ट्रिय सभा बैठक बस्दै, के छन् कार्यसूची ? - Chaitanya News
  • 2026-07-03
  • 10:27:51
  • शुक्रबार,आषाढ १९, २०८३
  • आज राष्ट्रिय सभा बैठक बस्दै, के छन् कार्यसूची ?

    आज राष्ट्रिय सभा बैठक बस्दै, के छन् कार्यसूची ?

    काठमाडौँ– आज (शुक्रबार) दिउँसो १ः१५ बजे राष्ट्रिय सभा बैठक बस्ने भएको छ।

    बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्ने कार्यसूची तय भएको छ।

    विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहकृत रूपमा छलफल हुने कार्यसूची छ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विषयमा छलफल हुने कार्यसूची छ।

    राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा पनि छलफल कार्यसूची छ।