सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता - Chaitanya News
  • 2026-04-29
  • 15:49:53
  • बुधबार,बैशाख १६, २०८३
  • सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    काठमाडौं-  जनमत पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ ।

    पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन् ।

    नेपालका नयाँ जनादेश सरकार बन्ने चरणमा रहेका बेला सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेका छन् ।