सीटीइभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ मनोनीत - Chaitanya News
  • 2026-07-02
  • 15:21:30
  • बिहिबार,आषाढ १८, २०८३
  • सीटीइभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ मनोनीत

    सीटीइभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ मनोनीत

    काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरिएको छ।

    शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा। अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा.दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमीला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो।

    मन्त्रालयले विभिन्न क्षेत्रका अनुभवी विज्ञहरूको सहभागिताले प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुधार, उद्योगसँगको सहकार्य विस्तार र समय अनुकूल पाठ्यक्रम विकासमा थप योगदान पुग्ने अपेक्षा गरेको छ।