1.राष्ट्रिय जनगणना, २०७८ अनुसार नगरपालिकामा बसोबास गर्ने जनसंख्या कति प्रतिशत छन ?
A) 64.17 % B) 65.17 % C) 67.17 % D) 66.17 %
2.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
जलसन्धि जोड्ने /छुट्याउने स्थान
a. वेरिग 1. क्यूवा र मेक्सिको
b. बास 2. भूमध्येसागर,आन्द्र बीचको यूरोप र अफ्रिका
c. जिब्राल्टर 3. उत्तर अमेरिका र युरेशिया
d. युकाटन 4. अष्ट्रेलिया र तस्मानिया बीचको
A) a2,b3,c4,d1 B) a1,b2,c4,d3 C) a3,b4,c2,d1 D) a4,b3,c1,d2
3. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. दुलही लिन दुलाहा नजाने चलन – मेचे B. सुपारी विवाह – धिमाल
C. विहे पछि छुट्टै घर बनाई बस्ने – छन्त्याल D. केटी किनेर विवाह – किसान
4. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. ७७ जिल्ला कामय 1. वि.सं. २०७४ असोज २९
b. ४ वटा जिल्ला हिमालमा प्रवेश 2. वि.सं. २०७४ भदौँ २५
c. नेपाललाई ७ प्रदेशमा विभाजन 3. वि.सं. २०७४ भदाैं ५
d. स्थानीय सरकार सञ्चालन ऐन 4. वि.सं. २०७२ असोज ३
A) a2,b4,c3,d1 B) a2,b4,c1,d3 C) a3,b2,c4,d1 D) a4,b2,c1,d3
5. सार्कको पहिलो क्षेत्रीय केन्द्र कुन हो ?
A. सार्क उर्जा केन्द्र B. सार्क कृषि सुचना केन्द्र
C. सार्क क्षयरोग केन्द्र D. सार्क सांस्कुतिक केन्द
6. सोह्रौ योजनाले आर्थिक वर्ष को अन्त्य सम्ममा वार्षिक पर्यटन आगमन कति पु¥याउने लक्ष्य लिएको छ ?
A. २५ लाख B. ३० लाख C. १५ लाख D. २२ लाख
7. जोडा मिलान गरि सहि विकल्प छनौट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a.मोटर कार 1. हेनरी बेसेमर
b.ग्यास ईन्जिन 2. हेनरी फोर्ड
c.प्रेसर कुकर 3. रोबर्ट ब्वाईल
d.स्टील मेल्टिङ प्रोसेस 4. डायमलर
A) a2,b1,c4,d3 B) a2,b1,c3,d4 C) a4,b3,c1,d2 D) a2,b4,c3,d1
8.कर दिवस, २०८२ को नारा के रहेको थियो ?
A.कर समृद्ध नेपाल,सुखी नेपालीको भर B.कर प्रणालीको सार, लगानीको आधार
C.स्वेच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र सम्वृद्धि
D.राष्ट्रिय कर दिवस कर प्रणालीको सार
9. श्रीलंका कहिले ब्रिटिस शासनबाट स्वतन्त्र भएको थियो ?
A. सन् १९४७ Feb. ४ B. सन् १९४७ Aug. १४ C. सन् १९४७ Feb. १४ D. सन् १९४७ Aug. ४
10.ओजन तह संरक्षण दिवस कहिले मनाईन्छ ?
A. जनवरी १६ B. अप्रिल १६ C. सेप्टेम्बर १६ D. मार्च २२
11.एउटा कक्षामा विद्यार्थीहरू मध्ये 3/5 भाग केटीहरू छन् र बाँकी केटाहरू छन्। यदि केटीहरू मध्ये 2/9 भाग र केटाहरू मध्ये 1/4 भाग अनुपस्थित (Absent) छन् भने, कुल विद्यार्थी संख्याको कति भाग उपस्थित (Present) छन्?)
A. 17/25 B. 18/49 C. 23/30 D. 23/36
12.Find the number which when added to itself 13 times; gives 112.
(A) 7 (B) 8 (C) 9 (D) 11
13.एउटा बाँदर प्रत्येक घण्टाको सुरुमा ३० फिट माथि चढ्छ र केही बेर आराम गर्दा २० फिट तल चिप्लन्छ। यदि उसले अर्को घण्टाको सुरुमा पुनः चढ्न थाल्छ र आफ्नो यात्रा बिहान ८:०० बजे सुरु गरेको हो भने, जमिनबाट १२० फिटको उचाइमा रहेको झण्डालाई उसले पहिलो पटक कति बजे छुनेछ?
(A) 4 p.m. (B) 5 p.m. (C) 6 p.m. (D) Norie of these
14.एउटा सहरमा ४०% वयस्कहरू (Adults) निरक्षर छन् भने ८५% केटाकेटीहरू (Children) साक्षर छन्। यदि वयस्क र केटाकेटीको अनुपात २:३ छ भने, उक्त सहरको कुल जनसंख्याको कति प्रतिशत साक्षर छन्?
(A) 20% (B) 25% (C) 50% (D) 75%
15.A ले ५ पटक गोली हान्दा B ले ३ पटक गोली हान्छ। तर, A ले हानेको ३ मध्ये १ गोलीले मात्र शिकार मार्छ भने B ले हानेको २ मध्ये १ गोलीले शिकार मार्छ। जब B ले २७ पटक निशाना चुकाउँछ (Miss), तबसम्म A ले कतिवटा शिकार मारिसकेको हुन्छ?
(A) 30 birds (B) 60 birds (C) 72 birds (D) 90 birds
16.सुजन पूर्वतर्क ५०० मिटर हिंड्छ र त्यसपछि बायाँ मोडिएर ६०० मिटर हिँड्छ। त्यहाँबाट उ दायाँतर्फ मोडिएर ९०० मिटर हिंड्छ र अन्तमा आफ्नो दायाँतिर फर्किन्छ र ६०० मिटर हिँड्छ भने शुरुवात बिन्दुबाट उ कति टाढा पुगेको होला?
(A) ८०० मिटर (B) १२०० मिटर (C) १४०० मिटर (D) १८०० मिटर
17.एक व्यापारीले कुनै वस्तुको खरिद मूल्यभन्दा कति प्रतिशत धेरै मूल्य अंकित गर्नुपर्दछ ताकि उसले उक्त वस्तुको अंकित मूल्यमा 20% छुट दिँदा पनि उसलाई 10% नाफा हुन्छ ?
Α. 37.5% B. 33% C. 50% D. 40%
18.एक जना महिलाले निरन्तर 7 दिनसम्म काम गर्छिन् र आठौँ दिनमा विश्राम गर्छिन् । यदि उनले आफ्नो काम आईतबारका दिन शुरू गर्छिन् भने उनले दशौं पटक विश्राम गरेको दिन (बार) हप्ताको कुन बार हुनेछ ?
A. आईतबार B. सोमबार C. मंगलबार D. शुक्रबार
19.कुनै कक्षाकोठामा केही बेन्चहरू छन् । यदि प्रत्येक बेन्चमा जना विद्यार्थीहरू बस्ने हो भने 3 वटा बेन्च खाली रहन्छ । यदि प्रत्येक बेन्चमा 3 जना विद्यार्थी बस्ने हो 3 जना विद्यार्थी उभिनु पर्छ भने त्यस कक्षामा कति जना विद्यार्थी छन् ?
A. 44 B. 46 C. 48 D. 50
20.यदि 1 पुरुष वा 2 महिला वा 3 जना केटाहरुले कुनै कार्य 44 दिनमा पूरा गर्छन् भने 1 पुरुष, 1 महिला र 1 केटाले सो कार्य कति दिनमा पूरा गर्न सक्छन् ?
A. 21 दिन B. 30 दिन C. 27 दिन D. 24 दिन
उत्तरः
1. D 11. C
2. C 12. B
3. D 13. D
4. C 14. D
5. B 15. D
6. A 16. C
7. D 17. A
8. B 18. C
9. A 19. C
10. C 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100