काठमाडौँ– आज (बिहीबार) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
आजको बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ। नियमित एजेन्डासँगै केही महत्त्वपूर्ण नीतिगत निर्णयसमेत हुन सक्ने जनाइएको छ।
सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।