इक्वेडरविरुद्ध मेक्सिको दुई गोलको अग्रता - Chaitanya News
  • 2026-07-01
  • 10:52:59
  • बुधबार,आषाढ १७, २०८३
  • इक्वेडरविरुद्ध मेक्सिको दुई गोलको अग्रता

    इक्वेडरविरुद्ध मेक्सिको दुई गोलको अग्रता

    काठमाडौं– सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरविरुद्ध दुई गोलको अग्रता लिएको छ।

    मेक्सिको सिटी स्टेडियममा जारी खेलको ३१औं मिनेटको खेल सकिँदा मेक्सिकोले दुई गोलको अग्रता लिएको हो।

    खेलको ३१औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रतालाई दोब्बर बनाएका थिए।

    यसअघि खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए।