गृहमन्त्रीपछि उद्योगमन्त्री यादवको पनि गाडीको कालो सिसा हटाइयो - Chaitanya News
  • 2026-08-15
  • 11:25:54
  • शनिबार,साउन ३०, २०८३
  • गृहमन्त्रीपछि उद्योगमन्त्री यादवको पनि गाडीको कालो सिसा हटाइयो

    गृहमन्त्रीपछि उद्योगमन्त्री यादवको पनि गाडीको कालो सिसा हटाइयो

    काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीको कालो सिसा हटाइएको छ।

    मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्। यसअघि गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति ९भीआईपी० का गाडीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए । सोही अनुसार सोमबार गृहमन्त्रीको गाडीको सिसा समेत हटाइएको थियो।