1. निम्न मध्ये कुन जोडा गलत छ ?
A. सुकेनाश – कार्बोहाईडेट B. फुकेनास – प्रोटिन
C. बेरीबेरी – भिटामिन “सि” D. रिगेट्स – भिटामिन “डि”
2. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने SAARC राष्ट्रको सुरु देखि कुन क्रम सही छ ?
A. भारत, श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेश
B. भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, भुटान
C. भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, भुटान
D. बंगलादेश, भारत, श्रीलंका, माल्दिभ्स, भुटान
3. नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सासहितको एक सय रुपियाँ दरको नोट कहिले देखि प्रचलनमा ल्याएको हो ?
A. वि.सं. २०८२ कात्र्तिक १० B. वि.सं. २०८२ मंसिर ११
C. वि.सं. २०८२ मंसिर २० D. वि.सं. २०८२ अशोज १०
4. जोडा मिलाउनुहोस् ।
माटोको प्रकार उपयुक्त बाली
a. पाँगो माटो, 1. धान,
b. रातो फुस्रो माटो, 2. चिया
c. तलैया माटो, 3. आलु,
d. हिमाली माटो, 4. तेलहन,
A) a-4,b-2,c-1,d-3 B) a-2,b-4,c-1,d-3
C) a-3,b-2,c-1,d-3 D) a-1,b-2,c-4,d-3
5.‘इन्सुलिन’ को कमी हुँदा कुन रोग हुन्छ ?
A.क्यान्सर B. टाईफाईड C. मधुमेह D. हाइपोथाइराइडिज्म
6.अपि नाम्पा संरक्षण क्षेत्र कुन जिल्लामा पर्दछ ?
A) ताप्लेजुङ्ग B) गोरखा C) दार्चुला D) डोटी
7. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. Kyoto protocol 1. प्राकृतिक प्रकोप व्यवस्थापन
b. मन्ट्रियल प्रोटोकल 2. जोखिम पुर्ण फोहोर मैलाको नियन्त्रण
c. वासेल महासन्धि 3. हरित गृह उत्सर्जनमा कमी ल्याउने विषय
d. ह्युगो कार्ययोजना 4. ओजोन तह संरक्षण
A) a3,b4,c1,d2 B) a3,b2,c4,d1
C) a4,b3,c2,d1 D) a3,b4,c2,d1
8. दिगो विकास शब्दको प्रयोग सर्वप्रथम कहिले भएको थियो ?
A. सन् १९८७ B. सन् १९९७ C. सन् १९८३ D. सन् १९८५
9. सन् २०२५ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार पाउने व्यक्तिहरुमध्ये तलका कुन पर्दैनन् ?
A) Joel Mokyr B) Philippe Aghion
C) Laszlo Krasnahorkai D) Peter Howitt
10. तलका जोडाहरु अध्ययन गरी सही जोडा पहिचान गर्नुहोस् ।
पदमार्ग जिल्ला
a. फाल्गुनन्द सर्किट – पाँचथर
b. मुन्धुम सर्किट – भोजपुर
c. महाभारत ट्रेल – काभ्रे
d. स्काई ट्रेल – धादिङ्
A. सबै ठीक B. a र b मात्र ठीक C. B र c मात्र D. C र D मात्र
11.कुनै गोठमा एक लहरमा गाईवस्तु बाँधिएका छन्। कालो रंगको गाई अगाडिबाट सातौ र खैरो रंगको गाई पछाडिबाट एघारौमा पर्दछ। ती बाहेक उक्त गोठमा अरु 32 वटा गाईवस्तु छन् भने तिनीहरुको बीचमा अरु कति गाईवस्तु होलान् ?
(A) 14 (B) 16 (C) 18 (D) None of the above
12.यदि 6 जना व्यक्तिले मिलेर 50 वटा मिल्दोजुल्दो काम 4 घण्टामा सक्छन् भने 10 जना व्यक्तिले 6 घण्टा काम गरेमा कतिवटा सोही प्रकारका मिल्दोजुल्दो काम सक्लान् ?
(A) 125 (B) 20 (C) 100 (D) 60
13.यदि कुनै भाषामा water लाई black, black लाई, tree, tree लाई white, white लाई blue र blue लाई milk भनिन्छ भने त्यो भाषामा दुधको रङ्गलाई के जनाइन्छ ?
(A) Black (B) Blue (C) Tree (D) White
14.एउटा गाउँका मानिसहरूले 50% गुरुङ भाषा बोल्दछन् 25% ह्योल्मो भाषा बोल्छन् र 15% ले गुरुङ र ह्योल्मो भाषा पनि बोल्छन्। कति प्रतिशतले न त गुरुङ न त ह्योल्मो भाषा बोल्छन् ?
(A) 30% (B) 40% (C) 45% (D) 50%
15.दुई वटा समान क्षमताका भाँडाहरूमा दूध र पानीको अनुपात क्रमशः 2:1 र 3:1 छ। यदि दुबै भाँडाका मिश्रणहरूलाई तेस्रो भाँडोमा खन्याउने हो भने उक्त तेस्रो भाँडोमा दूध र पानीको अनुपात कति हुन्छ ?
A. 11:13 B. 15:9 C. 17:7 D. 19: 9
16.1372946, 372947, 72950, 2957, ?
A. 958 B. 959 C. 960 D. 970
17.M, N भन्दा तीन गुणा बढी कार्यकुशल छ । एकसाथ मिलेर उनीहरुले 30 दिनमा कुनै कामको एक भाग पूरा गर्छन् भने M एक्लैले सो कार्य कति दिनमा पूरा गर्न सक्छ ?
A. 40 दिन B. 30 दिन C. 20 दिन D. 15 दिन
18.एउटा भाँडोमा रहेको ब्याक्टेरियाको संख्या प्रत्येक मिनेटमा दोब्बर हुन्छ । यदि 40 मिनेटमा उक्त भाँडो ब्याक्टेरियाले पूरै भरिन्छ भने एक चौथाई कहिले भरिएको थियो ?
A. 10 मिनेट B. 20 मिनेट C. 38 मिनेट D. 30 मिनेट
19.यदि x र y प्राकृतिक संख्याहरू हुन् र x4 – y4 = 15 छ भने x4 + y4 को मान कति हुन्छ ?
A. 16 B. 17 C. 18 D. 26
20.एउटा विद्यार्थीलाई केही प्राकृतिक संख्याहरूको योग निकाल्न भनियो । उसले केही समय पछि योग 575 निकाल्यो । जब शिक्षकले उक्त नतिजा गलत भएको घोषणा गर्नुभयो, विद्यार्थीले थाहा पायो कि उसले एउटा संख्या जोड्न छुटाएछ । उक्त लुटेको संख्या कति हो ?
A. 10 भन्दा कम B. 10 C. 15 D. 15 भन्दा बढी
उत्तरः
1. C 11. B
2. B 12. A
3. B 13. B
4. A 14. B
5. C15. C
6. C 16. B
7. D 17. B
8. A 18. C
9. C 19. B
10. A 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 161