फिफा विश्वकपः नेदरल्यान्ड्सलाई ३–२ ले हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश - Chaitanya News
  • 2026-10-01
  • 11:49:00
  • बिहिबार,आश्विन १५, २०८३
  • फिफा विश्वकपः नेदरल्यान्ड्सलाई ३–२ ले हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकपः नेदरल्यान्ड्सलाई ३–२ ले हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश

    काठमाडौँ– नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

    नाटकीय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३–२ ले हरायो। जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे।

    निर्धारित र अतिरिक्त समयमाको खेल ११ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

    दुवै टोलीका दुईरदुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्। मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे।

    मोरक्कोका नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्कियो।

    नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए।