काठमाडौं– ड्यानिएल मुनोजले दोस्रो हाफमा गरेको गोल मद्तमा कोलम्बियाले फिफा विश्वकप २०२६ मा डिआर कंगोलाई १–० ले पराजित गरेको छ।
समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ। कोद्यम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको थियो।
दुई जितपछि ६ अंक जोडेर समूह के को शीर्ष स्थानमा छ।
पहिलो हार बेहोरेको डिआर कंगो भने दुई खेलबा६ १ अंकसहित तेस्रो स्थानमा छ।
मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भएको खेलमा कोलम्बियाले सुरुवातदेखि नै कंगोमाथि दबाब बनाएपनि गोल गर्न भने दोस्रो हाफसम्म कुर्नुपर्यो।
मुनोजले ७६औं मिनेटमा वुजान क्वाटेरोको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए र अन्तिममा त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो।
यस्तै पहिलो गोलपछि लुइस डियाजले दुई गोल गरेपनि अपसाइडका कारण गोलले मान्यता पाएन।
पहिलो हाफमा कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ सेभ गरेपछि कोलम्बिया गोल गर्न असफल भएको थियो।
कोलम्बियाले खेल अवधिभर कूल १९ सट प्रहार गर्दा ९ सट अन टार्गेटमा थियो। जसमध्ये कंगोका गोलकिपर लियोनल एमपासीले ८ बचाउ गरे।
कंगोले ८ सट प्रहार गर्दा १ मात्र अन टार्गेटमा रह्यो।
कोलम्बियाले अब समूह विजेता बन्नका लागि अन्तिम खेलमा पोर्चुगलसँग खेल्नेछ। पोर्चुगलले मंगलबार राती उज्वेकिस्तानलाई ५–० ले हराएर पहिलो जित हात पारेको थियो। पवर्चुगललाई नकआउट चरण पुग्न कोलम्बिया विरुद्ध बराबरी नै पर्याप्त हुनेछ।
यस्ते क्गोले अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ। उक्त खेलमा जित हात पारेमा कंगोको पनि उत्कृष्ट तेस्रो टिममा रहेनर नकआउट चरणमा पुग्ने सम्भावना कायम छ।