लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-23
  • 13:26:25
  • मंगलबार,आषाढ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.युरोपेली युनियनले प्रदान गर्ने Sakharov Prize for Freedom of Thought, 2025  कसलाई प्रदान गरियो ?
    A. Andrzej Poczobut, Belarus          B. Mzia Amaglobeli, Georgia
    C. Robert B. Jackson                      D. A & B Both
    2. तलका मध्ये २०२५ मा सदस्य बनेको BRICS को सदस्य कुन हो ? 
    A. ईजिप्ट                         B. ईण्डोनेसिया               C.  साउदी अरब             D.  ईरान
    3. देशको नाम र राजधानी सम्बन्धी तलका जोडाहरु विचार गर्नुहोस् । 
    a.  भारत – नयाँ दिल्ली
    b. लाओस – भियनटियन
    c. लेवलान – बेरुत
    d.  ईजिप्ट – कायरो
    e. नाईजेरिया – अबुजा 
    माथि उल्लेखित कुन कुन जोडा गलत छन् ? 
    A. a,b र c मात्र ठिक          B.  उल्लेखित सबै ठिक            C.  c,d र e मात्र ठिक         D. d र e मात्र ठिक
    4. ७२ कुण्ड र ५२ कुटीको शहर भनेर कुन शहरलाई चिनिन्छ ?
    A. जनकपुर                 B. लुम्बिनी             C. काठमाडौँ                       D. भक्तपुर
    5. मनसुनी जलवायुको सम्बन्धमा देहायको कुन गलत छ ?
    A. हिउँदमा न्यानो हुनु र ग्रीष्ममा गर्मी हुनु मनसुनी जलवायुको विशेषता हो ।
    B. मनसुनी जलवायु क्षेत्रमा खास गरेर तीन किसिमको मौसम हुन्छ ।
    C. विश्वमा सर्वाधिक वर्षा मनसुनी जलवायुका प्रदेशमा हुन्छ ।
    D. मनसुनी जलवायुलाई Hill station  पनि भनिन्छ ।
    6. वर्तमान संविधान बमोजिम राष्ट्रिय सभाको सदस्य हुन न्युनतम उमेरको हद कति तोएिको छ ?
    A. २५ वर्ष                 B. ३० वर्ष                  C. ३५ वर्ष                           D. ४५ वर्ष
    7. गोरखा पत्रको ‘रंगिन’ प्रकाशन कहिलेबाट सुरु भएको हो ?
    A. वि.सं. २०६३ असोज १              B. वि.सं. २०५९ असार १०
    C. वि.सं. २०५६ बैशाख २४           D. वि.सं. २०४२ असार १
    8. देहाका भनाईहरु विचार गर्नुहोस् । 
    १. “वासेल महासन्धि” फोहोर मैला सँग सम्बन्धित छ । 
    २. Agenda -21 अन्तर्गत दाङ, सुर्खेत र कैलाली जिल्ला पर्दछन् । 
    ३. वातावरण सम्बन्धि दोस्रो पृथ्वी शिखर सम्मेलन जर्मनी देशमा आयोजना गरिएको थियो । 
    ४.Rio+5  सम्मेलन १९९८ मा जापानको क्योटोमा भएको थियो । 
    A. १ र २ मात्र ठिक            B.  ३ र ४ मात्र ठिक                C.  सबै बेठिक           D. सबै ठिक
    9. आकाशीय पिण्डहरुको बारेमा अध्ययन गर्ने विषयलाई वैज्ञानिक भाषामा के भनिन्छ ?   
    A. Astrology                   B. Astronomy                     C. Archaeology      D. Acoustilogy
    10. लिच्छवीहरुका आदिपुरुष कसलाई मानिन्छ ?
    A.  जयदेव प्रथम                B. जयदेव द्वितीय                  C. सुपुष्प                        D. अरिदेव
    11. यदि “INTERPRETATION” शब्दको 1st, 4th, 7th र 11th अक्षरहरूबाट एक मात्र अर्थपूर्ण शब्द बनाउन सम्भव हुन्छ भने कुन अक्षर तेस्रो स्थानमा आउँछ ? यदि ती अक्षरहरूबाट एकभन्दा बढी अर्थपूर्ण शब्दहरू बन्दछन् भने M उत्तर दिनुहोस् । यदि ती अक्षरहरूबाट कुनै अर्थपूर्ण शब्द बनाउन सकिदैन भने X उत्तर दिनुहोस् ।
    A. T                                   B. R                                C. M                           D. X
    12. M, N भन्दा तीन गुणा बढी कार्यकुशल छ । एकसाथ मिलेर उनीहरुले 30 दिनमा कुनै कामको एक भाग पूरा गर्छन् भने M एक्लैले सो कार्य कति दिनमा पूरा गर्न सक्छ ?
    A. 40                      B. 50                   C. 30                        D. 45
    13. “COMPENSATION” शब्दमा अक्षरहरू एक पटक मात्र प्रयोग गरी देहायको कुन शब्द बनाउन सकिन्छ?
    A. TINY                  B. MOTIVE           C. COPY                    D. MENTION
    14. कुनै संख्यालाई 17/8 ले भाग गर्न भनिएकोमा एक विद्यार्थीले सो संख्यालाई 17/8 ले गुणन गर्यो र 8 अपेक्षित उत्तर भन्दा 225 बढी पायो भने अपेक्षित उत्तर कति थियो ?
    A. 64                        B. 126                      C. 136                      D. 46
    15. एउटा मानिस उत्तरतिर २ किलोमिटर हिँड्छ। त्यसपछि ऊ पूर्वतिर फर्कन्छ र १० किलोमिटर हिँड्छ। त्यसपछि ऊ उत्तरतिर फर्कन्छ र ३ किलोमिटर हिँड्छ। फेरि ऊ पूर्वतिर फर्कन्छ र २ किलोमिटर हिँड्छ। ऊ सुरुवात बिन्दुबाट कति टाढा छ?
    A. १० किलोमिटर           B. १३ किलोमिटर           C. १५ किलोमिटर             D. १८ किलोमिटर
    16. कुनै मानिसले एउटा वस्तु बेचेर 5% नाफा गर्छ, 5% कममा किन्यो भने उसको मूल्य रु. 2 ले घटाएर पनि 10% नाफा हुन्छ भने बस्तुको लागत मूल्य पत्ता लगाउनुहोस् ।  
    A. 400                        B. 500                           C. 1050                           D. 1045
    17. पुरुषहरूको समूहले 4 दिनमा काम गर्ने निर्णय गर्यो । तर हरेक दिन 20 जना पुरुषले काम छोडेको हुनाले 7 दिनको अन्त्यमा काम सकियो । सुरुमा कति जना पुरुष थिए ?
    A. 240                         B. 140                         C. 280                               D. 150
    18. यदि एक रोपनि धान रोप्न 15 जना महिला दुई दिनमा लाग्छ भने एक दिनमा 3 रोपनी जमिनमा धान रोप्न कति जना महिला लाग्छ ?
    A. 60                          B. 90                              C. 120                               D. 180
    19. A र B ले 5 : 4 अनुपातमा व्यवसायमा लगानी गरे। कुल नाफाको 10% चन्दा दिए | A को नाफा सेयर रु. 7500 हो भने जम्मा नाफा कती होला ?
    A. Rs. 7500              B. Rs. 15,000                   C. Rs. 12,000                  D. Rs. 10,000
    20. एक किलो चामल, एक किलो दाल र 500 मिलिलिटर तेलको मूल्य रु. 320 पर्छ । दालको मूल्य चामलभन्दा दुई गुणा बढी पर्छ । एक हजार मिलिलिटर तेल र दुई किलो चामलको मूल्य रु. 480 पर्छ भने दालको मूल्य कति पर्छ ?
    A. 160                       B. 120                                   C. 80                               D. 40
    उत्तरः
    1. D 11. C
    2. B 12. A
    3. B 13. D
    4. A 14. A
    5. D 15. B
    6. C 16. A
    7. B 17. B
    8. A 18. B
    9. B 19. B
    10. C 20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100