चिया उद्योग बचाउन माग राख्दै सिंहदरबारमा उद्योगीले गराए सरकारको ध्यानाकर्षण - Chaitanya News
  • 2026-06-22
  • 19:08:20
  • सोमबार,आषाढ ०८, २०८३
  • चिया उद्योग बचाउन माग राख्दै सिंहदरबारमा उद्योगीले गराए सरकारको ध्यानाकर्षण

    चिया उद्योग बचाउन माग राख्दै सिंहदरबारमा उद्योगीले गराए सरकारको ध्यानाकर्षण

    काठमाडौँ– नेपाली चिया निर्यातमा भारतको अवरोधपछि चिया उद्योग गम्भीर संकटमा परेको भन्दै उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

    उद्योगीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर उद्योगी र किसानले चिया निर्यात खुलाउन तत्काल कूटनीतिक पहल गर्न अनुरोध गरेका हुन्।

    सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको अगुवाइमा ज्ञापन पत्र बुझाइएको हो । भारतीय पक्षले नेपाली चियाको प्रत्येक खेप (कन्साइनमेन्ट) को अनिवार्य नमूना संकलन र प्रयोगशाला परीक्षण गर्नुपर्ने झन्झटिलो व्यवस्था गरेकोले समस्यामा परेको उद्योगीहरूको भनाइ छ।

    भारतीय पक्षले नेपाली चियाको प्रत्येक खेपको अनिवार्य नमूना संकलन र प्रयोगशाला परीक्षण गर्नुपर्ने झन्झटिलो व्यवस्था गरेसँगै थप समस्या उत्पन्न भएको हो।

    नयाँ व्यवस्थामा प्रत्येक खेपको विवरण भारतीय चिया परिषद्को पोर्टलमा दर्ता गर्नुपर्ने, परीक्षण शुल्क तिर्नुपर्ने र रिपोर्ट नआउन्जेल चिया बिक्री वा वितरण गर्न नपाइने, दुई हप्तामा आउने भनिएको रिपोर्ट आउन महिनौँ लाग्ने गरेकोले निर्यात ठप्प भएको उनीहरूको भनाइ थियो।