आजको मौसम: हिमाली र पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-06-19
  • 10:48:29
  • शुक्रबार,आषाढ ०५, २०८३
  • आजको मौसम: हिमाली र पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आजको मौसम: हिमाली र पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ ।

    यस्तै, आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग, लुम्बिनी प्रदेशको हिमाली भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधरणतया बादल लाग्ने महाशाखाले जाएको छ।

    यसैगरी, महाशाखाका अनुसार लुम्बिनी प्रदेशको पहाडी भू–भाग र मधेस प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा हुनुका साथै कतिपय स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ। त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लाग्नेछ।

    अन्य हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भू–भागमा मौसम मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ।

    कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।