सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री पोखरेल - Chaitanya News
  • 2026-06-18
  • 14:38:28
  • बिहिबार,आषाढ ०४, २०८३
  • सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री पोखरेल

    सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री पोखरेल

    काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले एकजना विद्यार्थीको पनि शैक्षिक अधिकार वञ्चित नगर्ने बताएका छन्। आज (बिहीवार) प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै उनले सरकारले एकजना विद्यार्थीको पनि शैक्षिक अधिकार वञ्चित नगर्ने बताएका हुन्।

    संसदमा न्यून विद्यार्थी भएको विद्यालय गाभ्न सुझाव आएको भन्दै मन्त्री पोखरलेले न्यून विद्यार्थी भएकै आधारमा विद्यालयलाई गाभेर एउटा पनि विद्यार्थीकै शैक्षिक अधिकारबाट सरकारले वञ्चित नगर्ने बताएका हुन्। सांसदहरुले भौगोलिक दुरी, विद्यार्थीको संख्याको आधारमा विद्यालय गाभ्ने, तह घटाउने लगायत विषय उठाएका थिए।

    उनले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयको भौतिक सर्वेक्षण गरेर, विद्यार्थीको संख्याको आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सोहीको आधारमा बजेटले सम्बोधन गर्ने बताए।