काठमाडौँ– आज बिहान ११ बजे संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सिंहदरबारमा बस्नेछ। बैठकमा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका जिज्ञासाको स्पष्टीकरण दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
बुधवारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ।
कार्यसूचीअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुनेछ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमा उठेका प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
![]()