हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउने उद्योग मन्त्री गौरी कुमारीको दाबी - Chaitanya News
  • 2026-06-17
  • 19:10:04
  • बुधबार,आषाढ ०३, २०८३
  • हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउने उद्योग मन्त्री गौरी कुमारीको दाबी

    हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउने उद्योग मन्त्री गौरी कुमारीको दाबी

    हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउने उद्योग मन्त्री गौरी कुमारीको दाबी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन्।

    प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कपडा र धागो उद्योग सञ्चालनका लागि कपास खेतीलाई पनि सँगसँगै लैजाने बताईन्।

    “रुग्ण उद्योगका रूपमा रहेका हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउँछ। कपडा र धागो उद्योग तथा कपासखेती एकैसाथ अगाडि बढाउनुपर्छ । यी उद्योग यही वर्ष सञ्चालनमा आउँछन्”, मन्त्री कुमारीले भनिन्।

    उनले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य अघि बढिसकेको जानकारी दिइन्।