काठमाडौँ– सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको छ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताए।
यस्तै, उनले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिए । उनले अहिले ३० लाख भन्दा बढी नेपाली नागरिक श्रमिकका रूपमा विभिन्न देशमा रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई वैज्ञानिक रूपमा नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए।