रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट - Chaitanya News
  • 2026-06-16
  • 14:07:46
  • मंगलबार,आषाढ ०२, २०८३
  • रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट

    रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट

    काठमाडौँ– रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन्।

    उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निवर्तमान महामन्त्री सन्तोषराज जोशीले रातोपाटीलाई जानकारी दिए।

    नवनिर्वाचित सभापति विष्ट यसअघि रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्त समितिका सभापति थिए। सुदूरपश्चिम कार्यसमितिका अन्य पदहरुको निर्वाचन भने आजै दिउँसो २ बजेपछि निर्वाचन हुनेछ। रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबारदेखि सुरु भएको थियो।