रास्वपाले हालसम्म ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन - Chaitanya News
  • 2026-06-16
  • 14:07:46
  • मंगलबार,आषाढ ०२, २०८३
  • रास्वपाले हालसम्म ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन

    रास्वपाले हालसम्म ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म ६०९ वटा पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार चार हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको हो।

    अधिवेशन नभएका जिल्लाहरू कर्णाली प्रदेशमा (डोल्पा र हुम्ला), लुम्बिनी प्रदेश (रुकुम पूर्व), गण्डकी प्रदेशमा (मनाङ र मुस्ताङ), मधेस प्रदेशमा (धनुषा, सप्तरी बारा र सर्लाही) रहेको छ। अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएका जिल्लाहरू (सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट) रहेको बुर्लाकोटीले जानकारी दिए।

    यसैगरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। मधेस प्रदेशको अधिवेशन स्थगन छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको छ।

    ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ चितवनमा आयोजना हुनेगरी तयारी तीव्र भइरहेको उनको भनाइ छ।