आज पनि प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने - Chaitanya News
  • 2026-10-11
  • 17:51:10
  • आइतबार,आश्विन २५, २०८३
  • आज पनि प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

    आज पनि प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

    काठमाडौँ– आज (मंगलबार) पनि संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ।

    बैठकमा विनियोजन विधेयक( २०८३ का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुनेछ। जसअनुसार आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल गरिने संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।