कर्णाली प्रदेश सरकारले ३४ अर्ब बराबरको बजेट ल्याउँदै - Chaitanya News
  • 2026-06-15
  • 13:41:36
  • सोमबार,आषाढ ०१, २०८३
  • कर्णाली प्रदेश सरकारले ३४ अर्ब बराबरको बजेट ल्याउँदै

    कर्णाली प्रदेश सरकारले ३४ अर्ब बराबरको बजेट ल्याउँदै

    सुर्खेत– आज (सोमबार) सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन्। जसअनुसार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्नका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ।

    बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आर्थिक सर्वेक्षण र बजेट पेस गर्नेछन्। आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्ष बजेटको आकार बढाएर ३४ अर्ब हाराहारी ल्याइँदै छ।

    प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको थियो।

    कर्णाली प्रदेशले आर्थिक वर्ष २०८३–८४ का लागि १७ अर्ब २० करोड रुपैयाँभन्दा बढी संघीय अनुदान प्राप्त गर्ने भएको छ। संघीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत कर्णाली प्रदेशलाई कुल १७ अर्ब २० करोड ८२ लाख रुपैयाँ बराबरको अनुदान हस्तान्तरण गर्नेछ। जुन चालुतर्फ १३ अर्ब पाँच करोड ९ लाख र पुँजीगततर्फ ४ अर्ब १५ करोड रहनेछ।

    संघिय अनुदान, प्रदेशको खर्च हुन नसकेको बजेट गरेर चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष करिब डेर अर्ब बढी बजे ल्याउने तयारी गरिएको बताइएको छ।