काठमाडौँ– आज (सोमबार) दिउँसो १ः१५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको छ।
बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने जनाइएको छ।
बैठकमा आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
![]()