आज सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो - Chaitanya News
  • 2026-06-14
  • 13:28:34
  • आइतबार,जेठ ३१, २०८३
  • आज सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो

    आज सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो

    काठमाडौँ– आज (आइतबार) नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ २९ गते सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ३७० रुपैयाँ निर्धारण गरिएको छ।

    सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन जेठ २९ गते चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा स्थिर रहेको थियो। आज चाँदीको मूल्यमा ५५ रुपैयाँको बढोत्तरी देखिएको छ। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। प