प्रतिनिधि सभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ? - Chaitanya News
  • 2026-06-11
  • 11:20:44
  • बिहिबार,जेठ २८, २०८३
  • प्रतिनिधि सभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

    प्रतिनिधि सभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

    काठमाडौँ– आज (बिहीवार) पनि प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूची रहेको छ।

    त्यस्तै, आज आ.व.२०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने र भने अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।

    त्यस्तै अर्थमन्त्री डा.वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।