काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न तीन दिने भारत भ्रमणका बारेमा प्रतिनिधि सभा बैठकलाई औपचारिक जानकारी गराएका छन्। आज (बुधबार) बसेको संसद् बैठकमा उनले उक्त भ्रमणका गतिविधि र उपलब्धिहरू प्रस्तुत गरेका हुन्।
मन्त्री खनालका अनुसार भारत भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्री एस। जयशंकर तथा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। ती भेटहरूमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको उनले बताए।
उनले आफ्नो भ्रमण नेपाल(भारत सम्बन्धलाई अझ मजबुत बनाउन उपयोगी र परिणाममुखी रहेको अनुभव गरेको पनि संसदलाई जानकारी दिए।
भ्रमणका क्रममा दुई देशबीच आपसी सहकार्य विस्तार र सम्बन्धलाई अझ प्रभावकारी बनाउने उपायबारे विस्तृत छलफल भएको मन्त्री खनालको भनाइ छ।