काठमाडौँ– आज (मंगलबार) दिउँसो सवा १ बजे संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ।
बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन्।
यस्तै, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
उक्त प्रस्ताव स्वीकृत भएपश्चात् बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची तय गरिएको छ।
![]()