आज पनि प्रतिनिधि सभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ? - Chaitanya News
  • 2026-06-09
  • 11:17:55
  • मंगलबार,जेठ २६, २०८३
  • आज पनि प्रतिनिधि सभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

    आज पनि प्रतिनिधि सभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

    काठमाडौँ– आज (मंगलबार) पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची रहेको छ।

    बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायत सम्भावित कार्यसूचीतय भएको छ।

    सोमबार १५ मिनेटका लागि स्थगित भएको बैठक उक्त समयमा बस्न नसक्ने भएपछि आज बस्ने गरी स्थगित गरिएको थियो।