आजको मौसम पूर्वानुमान: सातै प्रदेशमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-06-09
  • 10:34:56
  • मंगलबार,जेठ २६, २०८३
  • आजको मौसम पूर्वानुमान: सातै प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान: सातै प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सथै कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणता बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ।

    यस्तै महाशाखाका अनुसार, आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणता बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ।

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ।

    आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा बाँकी हिमाली भू–भागमा साधारणता बादल लाग्नेछ। मधेस प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।