काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ।
महाशाखाका अनुसार मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ।
यस्तै,मधेश प्रदेश लगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ।सोमबार राति कोशी प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा कर्णाली प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।