काठमाडौँ– निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकृत गर्ने उद्देश्यसहित तयार पारेको विधेयकको मस्यौदा पुनः गृह मन्त्रालयमा पठाएको छ।
आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो।
यसअघि सात वटा अलग(अलग ऐनलाई समेटेर आयोगले २०८० असार १८ गते नै उक्त विधेयकको प्रारम्भिक मस्यौदा सरकारलाई पठाएको थियो। तर सो प्रस्ताव लामो समयसम्म गृह मन्त्रालयमा निष्क्रिय अवस्थामा रहेको जनाइएको छ।
पछि भदौमा भएको जेन जेड आन्दोलन र संसद् विघटनपछि गृह मन्त्रालयले सो मस्यौदा पुनः सुधार तथा सुझावका लागि आयोगमै फिर्ता पठाएको थियो।
नयाँ मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिने व्यवस्था, विद्युतीय मतदान प्रणाली ९ई(भोटिङ० को प्रयोग तथा ‘नो भोट’ सम्बन्धी प्रावधानसमेत समावेश गरिएको छ।